काठमाडौं: बुधबारदेखि देशभर परेको वर्षाले काठमाडौंका धोबीखोला करिडोर डुबानमा परेको छ ।
अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेको छ भने सडकमा गुड्ने सवारी ठप्प भएका छन् ।
यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
वर्षाले धोबीखोलामा बढेको पानीको वहावले पुलमुनि रहेको गाडी डुबाएको छ भने सडकका विभिन्न स्थान जनमग्न बनेको छ ।


















