आज पनि रास्वपा र राप्रपाले गर्‍यो संसद अवरोध

काठमाडौं: आज पनि संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले अवरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर सांसदहरू अवरोधमा छन् ।

शनिवारको बैठकमा बोल्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएको बताइन् ।

राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखिन् ।