अभ्यास खेलमा युवा टोली आर्मीसँग पराजित

काठमाडौं: साफ यु–२० महिला च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली युवा टोलीले अभ्यास खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ।

भद्रकालीस्थित आर्मीको मैदानमा भएको खेलमा घरेलु टोली २–१ ले विजयी भएको हो।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भुटानसँग खेल्नेछ। प्रतियोगिता ११–२१ जुलाईसम्म बंगलादेशमा हुने तय छ।

नेपाल र भुटानबीचको खेल ११ जुलाईमा हुनेछ।