बदल थापाको स्वरमा ‘छुट्टै संसार’ सार्वजनिक

काठमाडौं: नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘छुट्टै संसार’ सार्वजनिक भएको छ। बदल थापाको स्वरमा सजिएको यस गीतले प्रेम र सम्बन्धको भावनात्मक पक्षलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको छ।

गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त शब्द रचना रहेको छ भने संगीत पनि तिखत्री कै रहेको छ । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन्।

गीतले युवा पुस्ताको प्रेम, टुटन र छुट्टिएको सम्बन्धलाई समेट्ने प्रयास गरेको छ।