हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना

काठमाडौं: हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा पाँच जना घाइेत भएका छन् ।

म.प्र.०३–००१ ज ०५५१ नम्बरको माइक्रोबस मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा दुर्घटनामा परेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्काले जानकारी दिए । उनका अनुसार, घाइते पाँचमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

एसपी खड्काले बस घुम्तीबाट तल खसेको बताए ।