बीपी राजमार्गमा थप एक महिना रातिको समयमा सवारी सञ्चालनमा रोक

काठमाडौं: बीपी राजमार्गमा थप एक महिना रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शुक्रबार एक सूचना जारी गर्दै साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको जानकारी दिएको  हो ।

आजै शुक्रबारबदेखि आगामी ३० दिनसम्म सिन्धुली–खुकोर्टबाट काठमाडौंतर्फ आउने निजी तथा सार्वजनिक सवारीसाधन चलाउन निषेध गरिएको जनाएको छ ।

“बीपी राजमार्गको सिन्धुली, खुर्कोबाट काठमाडौंतर्फ जाने सार्वजनिक/निजी यात्रुवाहक सवारीसाधनलाई साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म प्रस्थान गर्न आजबाट थप ३० दिनका लागि निषेध गरिएको व्यहोरा अनुरोध छ,” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले १५ दिनका लागि रोक लगाएको थियो । तर, मनसुन सक्रिय रहेको भन्दै प्रशासनले ३० दिनसम्म राति गाडी चलाउन रोकेको हो ।