बेनी–दरवाङ सडकखण्ड अवरुद्ध

काठमाडौं: बेनी–दरवाङ सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरो खसेर सडक पुरेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरस्थित बेनी–दरवाङ सडकमा माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।

बिहान ५ः५० बजे खसेको पहिरो हटाएर सडक खुलाउने पहल भइरहेको प्रहरीले बताएको छ ।