कुलिङ पिरियड बारे छानबिन समितिका लागि तीन सांसदको नाम टुंगियो

काठमाडौं: निजामती विधेयकको ‘कुलिङ पिरियड’मा भएको चलखेलबारे गठन हुने संसदीय छानबिन समितिका लागि तीन सांसदको नाम टुंगिएको छ ।

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन कार्कीको नाम टुंगिएको हो ।

बाँकी चार जनाको नाम सभामुखले प्रतिनिधिसभामा वाचन गर्नुपूर्व दिने सहमति जुटेको छ । अब नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नाम दिन बाँकी छ ।