काठमाडौ: पछिल्लो समय छाडा गीत गाउन थालिएपछि यसमा सरकारले कडाइ गर्ने भएको छ ।
बिहीबार गृहमन्त्री रमेश लेखकले छाडा गीत गाउनमा रोक लगाइने बताएका हुन् ।
छाडा गीतमा प्रतिबन्धका लागि राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले बिहीबार ज्ञापत्रपत्र बुझाएपछि गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले सञ्चारकर्मीहरुसँगको भेटमा साइबर ब्युरोले छाडा गीतमा एक्सन लिने जानकारी दिएका हुन् ।
पत्रकार कमल सरगमले गृहमन्त्रीलाई सिङ्गो जनताको माग भएको बताउँदै ज्ञापनपत्र बु्झाइएको बताए ।


















