सुनचाँदीको मूल्य घट्यो, प्रतितोला १ लाख ९२ हजार कायम

काठमाडौंः नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै मंगलबार तोलामा २२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २२ सय ६० रुपैयाँ कायम भएको छ ।