डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी: स्वस्थ मन्त्री पौडेल

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् ।

बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

डेंगीको सकेसम्म निःशुल्क परीक्षणको प्रयत्न र नसके निश्चित शुल्क निर्धारण गरिने उनले उल्लेख गरे । उनले गरिब र दुःखीलाई परीक्षणका नाममा झनै लुट्ने कार्य बन्द गर्न चेतावनी पनि दिए ।

डेंगीबारे सरकारले गर्नुपर्नेजति काम गर्न नसकेको उनले स्वीकार गरे । डेंगीबाट समाज नै प्रभावित बनिरहेको पनि जिकिर गरे ।