कांग्रेस नेता डा.कोइराला र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता, भण्डारीले मागिन् नैतिक समर्थन

काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् ।

भण्डारीको निजी निवास भंगालमा डा. कोइराला र भण्डारीबीच भएको पौने एक घण्टा लामो भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा भण्डारीलेआफू राजनीतिमा हामफालेको भन्दै नैतिक समर्थन समेत मागेकी छन् ।

डा. शेखरले आफ्नो नैतिक समर्थन रहने आश्वासन दिँदै आफूले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा अलग पार्टीका तर्फबाट साथ दिन र बोल्न आग्रह गरेका छन् ।

“वर्तमान सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्र गरी सुशासन कायम हुने अपेक्षा गरेका थियौँ । तर, भ्रष्टाचारको दर घट्न सकेन,” डा. शेखरको भनाइ उदृत गर्दै सचिवालयले भन्यो, “म एक्लै बोलिरहेको छु । तर, परिणाम हासिल हुन सकेन । अब भ्रष्टाचारविरुद्ध तपाईंले पनि आफ्नो ठाउँबाट आवाज उठाउन सुरु गर्नुपर्‍यो ।”

दुई नेताबीच आ-आफ्नो ठाउँबाट साझा मुद्दामा सहकार्य गर्ने समझदारी कायम भएको बताइएको छ । दुई नेताबीच ‘वान अन वान’ वार्ता भएको थियो ।