सुनको मूल्य एकै दिन २१ सयले बढ्यो, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं: सुनको मूल्य एकै दिन २१ सय रुपैयाँले बढेको छ।

मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन एकै दिन २१ सय रुपैयाँले बढेको हो ।

सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सुनको मुल्य वैशाख ९ गते हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । वैशाख ९ गते एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, नेपाली बजारमा बुधबार चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ । आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि चाँदी असार ३० गते चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा चाँदी ३० रुपैयाँले बढेको छ । मंगलबार चाँदी दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।