एकैदिन तोलामा २४ सयले घट्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम  भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।