ल्हेन्दे खोलामा फेरि बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं: रसुवाको ल्हेन्दे खोलामा बाढी आएको छ ।

गोसाइकुण्ड गाउँपालिकास्थित ल्हेन्दे खोलामा चीनमा परेको पानीका कारण बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको हो ।

बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा बगाएको छ ।

प्राधिकरणले भनेको छ- “अहिले पनि बाढीको सतह उच्च रहेकाले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिन्छ, ।”

साथै खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठदाउरा टिप्न जानेजस्ता कार्य नगर्न पनि प्राधिकरणले आग्रह छ ।

यसअघि असार २५ गते पनि ल्हेन्दे खोलामा बाढी आउँदा ठूलो परिमाणमा जनधनको क्षति भएको थियो ।