पहिरोका कारण पासाङ ल्हामु सडकखण्ड अवरुद्ध

काठमाडौं: पासाङ ल्हामु सडकखण्ड अवरुद्ध भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–४ ह्याकुलेस्थित पासाङ ल्हामु सडकखण्ड अवरुद्ध भएको हो ।

आज बिहान पौने ८ बजे सडकखण्डमा माथिबाट पहिरो आएर सडक पुरेको हो ।

बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।