दसैँका लागि आजदेखि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने

काठमाडौं: दसैँका लागि आजदेखि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाले दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको जनाएको छ ।

बिभागले अनलाइनमा गएर खसीबोका वा च्यांग्रा कुन बुकिङ गर्ने हो क्लिक गरेर चार हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिने बताएको छ ।

बिभागका अनुसार, बुकिङ गरेपछि एउटा कोड नम्बर आउँछ र त्यही नम्बर लिएर बुकिङ गरेको खसीबोका वा च्यांग्रा लैजान सकिने छ ।

त्यस्तै, च्यांग्राको भने पाँच हजार तिर्नुपर्नेछ । खरिद गरेकोखसीबोका वा च्यांग्राको शुल्क खल्ती वा इसेवा एपबाट पैसा तिर्न सकिनेछ ।

अनलाइनमा आएको बुकिङ अनुसार नै खाद्यले खसीबोका र च्यांग्रा ल्याउने तयारी गरेको छ ।

अहिले नै मूल्य भने तय नहुने तर, मूल्य अघिल्लो वर्षभन्दा धेरै फरक नपर्ने पनि विभागले प्रष्ट परेको छ ।

अनलाइन बुकिङमा एकजाले पाँचदेखि दशवटा सम्म बुकिङ गर्न सकिनेछ । आफूले बुकिङ गरेको खसीबोका वा च्यांग्रा कुन दिन लिन आउने भन्ने बिषय अनलाइनमै उल्लेख गर्नुपर्ने समेत बिभागले बताएको छ ।