सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकारले गरे सडकमा प्रदर्शन

काठमाडौं: सामाजिक सञ्जाल बन्दविरुद्ध आइतबार  पत्रकारले प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।

नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्यको आह्वानमा आयोजित प्रदर्शनमा सहभागीले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे । उनीहरूले ह्यासट्याग ‘नो ब्यान’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’, ‘जनताको आवाज बन्द गर्न पाइँदैन’, ‘लोकतन्त्र ह्याक हुँदै छ, निरंकुशता ब्याक हुँदै छ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विभिन्न मिडियामा आबद्धलगायत सञ्चारकर्मी सहभागी थिए ।

पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्यले यसअघि संयुक्त विज्ञप्ति  पनि जारी गरेका थिए ।