काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन्।
जेन-जी युवाको प्रदर्शन र त्यसबाट उत्पन्न दबाबका कारण उनले पद छाडेका हुन्।
मन्त्री पौडेलले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वविरुद्ध आन्दोलन तीव्र बन्दै गएका समयमा मन्त्रीको राजीनामाले सरकार थप दबाबमा परेको छ।


















