काठमाडौं: महालेखा नियन्त्रक कार्यालयले रोकेको भुक्तानी सुचारु गरेको छ ।
जेनजीको आन्दोलनका क्रममा तोडफोडले गर्दा जथाभावी भुक्तानी जाने भन्दै महालेखाले भुक्तानी रोकेको थियो । आजकै दिनदेखि लागु हुनेगरी महालेखाले भुक्तानी प्रर्णाली सुचारु भएको हो ।
“केही दिनका लागि सरकारले गर्ने भुक्तानी रोकेको थियो,” अर्थ मन्त्रालयले जनाएको छ ।
जेनजीको आन्दोलनका कारण देशका विभिन्न स्थानमा रहेका १५ आन्तरिक राजस्व कार्यालयम पूर्ण क्षति भएका छन् भने चार भन्सार कार्यालयमा पनि पूर्ण क्षति भएका छन् । यसैगरी पाँच राजस्व कार्यालय र चारवटा भन्सार कार्यालयमा आंशिक क्षति भएको मन्त्रालयको भनाइ छ ।
यसरी पूर्ण क्षति हुने आन्तरिक राजस्व कार्यालयमा दमक, इटरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौँडा, वीरजञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा रहेका छन् । कृष्णनगर, धुलिखेल, इलाम सेवा कार्यालय र सिन्धुलीहमा भने आंशिक क्षति भएको छ ।
विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाडी भन्सार कार्यालयमा आंशिक क्षति भएको थियो तर यी कार्यालयबाट हाल सेवा भने सुचारु भइसकेको छ ।


















