काठमाडौं: जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २८ जनाको पोष्टमार्टम सकिएको छ ।
त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जका फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, अस्पतालमा रहेका ४६ शवमध्ये २८ को पोष्टमार्टम सकिएको हो ।
विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, विभागलाई प्राप्त भएको ४६ शवमध्ये २८ को पोष्टमार्टम सकिएको छ । सातजनाको शव जलेको अवस्थामा छ । यी शवहरूको पहिचान हुन बाँकी रहेको चौधरीले बताए ।
प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव विभिन्न अस्पतालबाट पोष्टमार्टमका लागि टिचिङमा पुर्याइउने क्रम जारी छ ।
नेपाल प्रहरीका अनुसार, अहिलेसम्म देशभर गरी ७२ जनाको निधन भएको छ ।


















