भाटभटेनी सुपरमार्केटले कर्मचारीलाई ननिकाल्ने

तलब सहित दशै बोनस दिइने

काठमाडौं: भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भाटभनी सुपरमार्केटमा काम गर्ने कर्मचारीलाई भदौको तलब मात्र होइन दसैँ बोनस पनि दिने बताएका छ्न् ।

सञ्चारमाध्यमसँग कुराकानीका क्रममा गुरुङले यस्तो बताएका हुन् ।

गुरुङले भने- “आफ्ना कर्मचारीहरूलाई परिवारको सदस्य भन्दै उनले थपे, ‘म चाहिँ दसैँ मनाउने पक्षमा छैन । तर, मेरा बच्चाहरू जो मसँग आबद्ध छन् । उनीहरूले त दसैँ मान्नुपर्छ नि । दसैँको बोनस पनि पाउँछन् ।”

उनले ३ महिनाभित्र काठमाडौँका केही स्टोर र १० महिनाभित्रमा सबै स्टोर सञ्चालनमा ल्याउने पनि बताए ।

उनले भाटभटेनी सुपरमार्केटमा भएको क्षतिको यकिन तथ्यांक नभए पनि १५ अर्बसम्मको क्षति भएको हुनसक्ने अनुमान गरे । उनले स्टोर सबै जलेर खरानी हुनुका साथै लुटेर पनि सखाप भएकाले पुरानै अवस्थामा फर्किन तथा अहिलेको अवस्थाबाट माथी उठ्न थप मिहिनेत गर्नुपर्ने पनि बताए ।