काठमाडौं: गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीले आगजनी गरेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य बनेको छ।
सो भवनलाई नेपाली इन्जिनियरिङ इतिहास र आर्किटेक्टको दृष्टिकोणबाट विश्वकै नमुनाका रूपमा लिइने गरिन्छ ।
उक्त भवन विश्वको प्रख्यात आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरबिनाको नमुनाका रूपमा बनाएको थियो ।
सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका इन्जिनियरले गरेको अध्ययनबाट मन्त्रालयको उक्त भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेका छ्न् ।


















