काठमाडौं: सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाकाले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरुमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइने जनाएको हो ।
पर्साको वीरगञ्ज महानगरपालिकामा गत भदौ ६ गते हैजा फैलिएकव थियो। पर्सा र बारा जिल्ला गरी १ हजार ६८५ बिरामी फेला परेकाो महाशाखाको तथ्यांक छ ।
अहिले प्रदान गरिन लगेको खोप मुखबाट दिइने प्रकारको रहेको बताएको छ।
उक्त खोप यसअघि काठमाडौं उपत्यका र कपिलवस्तुमा दिइएको थियो ।

















