शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज

काठमाडौं: शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार डिस्चार्ज भएका छन् ।

स्वास्थ्य अवस्थामा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज भएका हुन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत पौडेललाई आइतबार डिस्चार्ज गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।