बुढानीलकण्ठ: बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिकामा वसोवास गर्ने नगरवासीलाई कुनै पनि समस्या परे सिधै नगरपालिकामा फोन गर्न आग्रह गरेका छ्न्।
ढानीलकण्ठ न्यायिक समितिले आयोजना गरेको नागरिकसँग न्यायिक संम्वाद बिषयक कार्यक्रममा नगर प्रमुख अधिकारीले जनताको सेवकका रुपमा आफ्नो दात्यित्यव रहेको जनाउँदै कुनै पनि समस्या परे सिधै नगरपालिकामा फोन गर्न आग्रह गरेका हुन्। उनले बुढानीलकण्ठ नगरपालिकाले गर्दै आएका विभिन काम मध्ये न्यायिक समितीले गर्ने मेलमिलाप, सामाजिक सद्भाव तथा न्याय प्रदायक काम निकै महत्त्वपूर्ण रहेको बिचार व्यक्त गरे। उनले समस्या समाधान तथा मेलमिलापका लागि न्यायिक समितिको काम भए पनि व्यक्ति आफ्नै स्वविबेकले स-साना समस्या आफै समाधान गर्नु असल नागरिकको पहिचान भएको पनि बताए
कार्यक्रमा उनले नगरपालिकाले नागरिकको सेवा, सुबिधाका लागि नगरपालिकाले शिक्षा, स्वास्थ भौतिक पुर्वाधारमा पनि उतिकै काम गरिएको पनि जानकारी गराए। उनले स्वस्थ समस्या परेका बिरामीको सहज उपचारका लागि अस्पतालमा छुटको व्यवस्था देखि निशुल्क रगत उपलब्ध गराउने लगायतका काम गर्दै आएको जानकारी पनि दिए ।

यसैगरी, कार्यक्रममा नगरकी उपप्रमुख अनिता लामाले कुनै पनि समस्या लिएर न्यायीक समिति आउने नागरिकले खाली हात फर्कनु पर्ने अवस्था आउन नदिन आफुहरु लागि परेको बाताइन्। उनले आफ्ना समस्या लिएर समिति आउने नगरिकको सहजीकरणका लागि पत्रको ढाचाँ तथा लेखनका लागि समेत कर्मचारीले सहयोग प्रदान गर्दै आएको बाताइन्।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगरवासीले आफ्ना समस्या राख्नुका साथै समस्याको समाधानका लागि विषय बिज्ञले समाधानको बाटो समेत प्रदान गरेका थिए।


















