काठमाडौं: काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ।
मृतक तारकेश्वर–३ की ४५ वर्षीया सरिता तिवारी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तिवारी वैशाख ११ गतेदेखि हराइरहेकी थिइन्।
हत्याको आशंकामा टोखाका अनिल डंगोल पक्राउ परेका छन्। प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।
तिवारी र डंगोलबीच एक वर्षदेखि सम्पर्क रहेको र शिवपुरी जंगलमै हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


















