वीर अस्पतालका निर्देशकले दिए राजीनामा, राजीनामा स्वीकृति अनिश्चित

काठमाडौं: वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन्।

निर्देशक डा. शर्मा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

यसअघि सरकारले अध्यादेशमार्फत अघिल्लो सरकारका नियुक्ति खारेज गरेपछि अस्पतालका पदाधिकारी पदमुक्त भएका थिए। त्यसपछि डा. शर्माले पनि राजीनामा दिएसँगै वीर अस्पताल नेतृत्वविहीन बनेको छ।

सरकारले नयाँ नेतृत्व नियुक्ति र नियमित सञ्चालनबारे स्पष्ट निर्णय नगरेकाले अस्पतालको दैनिक कार्यसम्पादन प्रभावित हुने देखिएको छ। तर स्वास्थ मन्त्रालयले अझै उनको राजीनामा स्वीकृत गरेको छैन।