सुनको मूल्य तोलामा १८ सयले बढ्यो

काठमाडौं: स्थानीय बजारमा बिहीबार सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेर दुई लाख ९८ हजार ६०० रुपैयाँ पुगेको हो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले वृद्धि हुँदै पाँच हजार १५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँ र चाँदी पाँच हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।