काठमाडौं: संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे बस्दैछ।
बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफललाई निरन्तरता दिइने सम्भावित कार्यसूची रहेको छ। उक्त प्रस्तावमाथि सोमबारदेखि छलफल सुरु भएको थियो ।
गत वैशाख ३१ गते बसेको बैठकमा डा स्वर्णिम वाग्ले ले आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।
छलफल सकिएपछि बुधबार बस्ने बैठकमा अर्थमन्त्री वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने जनाइएको छ।
यसैबीच राष्ट्रिय सभा को बैठक पनि आज अपराह्न सवा १ बजे बस्ने तय गरिएको छ।


















