‘रकेट बनाउन सजिलो, बाँदर भगाउने प्रविधि छैन’ : महावीर पुन

काठमाडौं: प्रतिनिधिसभामा महावीर पुन ले बाँदर आतंक नियन्त्रण सहज नभएको बताएका छन्।

बिहीबारको बैठकमा उनले आफूले सात वर्षदेखि बाँदर धपाउने उपाय खोजिरहेको उल्लेख गर्दै यसको समाधानका लागि अनुसन्धान आवश्यक रहेको बताए।

उनले पालिकाहरूबाट रकम संकलन गरेर अनुसन्धान गर्नुपर्ने धारणा राख्दै “रकेट बनाउन सजिलो भए पनि बाँदर भगाउने प्रविधि संसारभर खोज्दा पनि नभेटिएको” टिप्पणी गरे।

उनको भनाइका क्रममा संसद्‌मा केही सांसद हाँसेपछि खुश्बु ओलीले आपत्ति जनाइन्। उनले किसानको पीडाजस्तो संवेदनशील विषयमा हाँस्नु अनुचित भएको भन्दै सांसदहरूको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिन्।