काठमाडौं: नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति तथ्यहीन र अशोभनीय भएको बताएका छन्।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले प्रधानमन्त्रीले यस्तो दाबी गरेको भए कुन स्थानमा सीमा मिचिएको हो भन्ने तथ्य प्रस्तुत गर्नुपर्ने बताए।
उनले तथ्यबिना सार्वभौम संसद्मा यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक भएको टिप्पणी गरे।
राईले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे प्रधानमन्त्रीको टिप्पणी पनि सुझबुझपूर्ण नभएको बताए। साथै, संसद्मा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिन नसकेको उनको भनाइ छ।




















