बालेनको पक्षमा उभिँदै सुनारको दाबी: भारत नभए नेपालमा खाद्य संकट हुन्थ्यो

काठमाडौं: सत्तारुढ दलका सांसद खगेन्द्र सुनार ले प्रधानमन्त्री बालेन्द्र शाह को विवादित सीमासम्बन्धी अभिव्यक्तिको समर्थन गर्दै नेपालले पनि केही स्थानमा सीमा अतिक्रमण गरेको दाबी गरेका छन्।

आज (सोमबार) एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले भारतले मिचेको भूमि मात्र फिर्ता मागेर नहुने, नेपालले मिचेको भूमि पनि फिर्ता गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले आफूले दिएका उदाहरणहरू दशगजासम्बन्धी विषयसँग जोडिएका थिए। उनले
छिमेकी देश भारत नभएको भए कर्णाली र सुदूरपश्चिमका धेरै नागरिक खाद्यान्न अभावका कारण भोकमरीको जोखिममा पर्ने दाबी समेत गरे।