काठमाडौं: राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले प्रधानमन्त्री वालेन्द्र शाह ले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिको प्रमाण सार्वजनिक गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै शाहीले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि प्रधानमन्त्रीका भनाइ तथ्य र जिम्मेवारीमा आधारित हुनुपर्ने बताए। उनले अनुमानका भरमा राष्ट्र सञ्चालन नहुने भन्दै प्रमाणबिना गरिएको दाबी स्वीकार्य नहुने धारणा राखे।
प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले संसद् चिया पसल नभएको उल्लेख गर्दै नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको ठोस प्रमाण प्रस्तुत गर्न आग्रह गरे। साथै तथ्यबिना अभिलेखमा परेका अभिव्यक्तिहरू हटाउन माग समेत गरे।




















