प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध राष्ट्रिय सभा दोस्रो दिन पनि अवरुद्ध

काठमाडौं: प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठक लगातार दोस्रो दिन अवरुद्ध भएको छ।

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायम रहेपछि मंगलबार पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन।

आकस्मिक समयमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा ले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती रहेको आरोप लगाए। उनले उक्त अभिव्यक्ति प्रधानमन्त्रीको आफ्नै धारणा हो वा कसैको सल्लाहमा आएको हो भन्ने विषय पनि शंकास्पद रहेको बताए।

यसअघि आइतबार प्रतिनिधिसभामा बोल्दै बालेन शाह ले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्नुपर्ने बताएका थिए।

त्यसै विषयलाई लिएर विवाद चर्किएको छ।