नयाँ मन्त्रालयको भवन तयार नभएपछि खेलकुद मन्त्रालयमा महावीर पुनको पदभार

काठमाडौं: नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले साविकको खेलकुद मन्त्रालयको भवनबाट पदभार ग्रहण गर्ने भएका छन्।

नयाँ मन्त्रालय गठन भए पनि यसको भौतिक संरचना र प्रशासनिक व्यवस्थापन पूर्ण रूपमा तयार भइनसकेकाले मन्त्री पुनको कार्यकक्ष साविकको खेलकुद मन्त्रालयमा व्यवस्थापन गरिएको हो।

मन्त्रालयकी सहसचिव मोनिका झा का अनुसार मन्त्रालयको दैनिक कामकाज भने हालसम्म शिक्षा मन्त्रालयअन्तर्गत रहेको विज्ञान तथा प्रविधि महाशाखाबाटै सञ्चालन भइरहेको छ।

यसअघि मन्त्रालयमा सरुवा भएर आएकी सचिव प्रमिला बज्रचार्य को कार्यकक्ष पनि साविकको खेलकुद मन्त्रालय भवनमै व्यवस्थापन गरिएको छ।

सहसचिव झाले मन्त्रालयको स्थायी संरचना निर्माण र व्यवस्थापनको काम जारी रहेकाले हालका लागि शिक्षा मन्त्रालयको भवनबाट प्रशासनिक काम सञ्चालन भइरहेको र क्रमशः नयाँ संरचना तयार भएपछि मन्त्रालय पूर्ण रूपमा स्थानान्तरण हुने बताइन्