लिग–२: टस हारेर नेपाल पहिले ब्याटिङमा

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

बिहीबार नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्।

नेपाल जारी शृंखलामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ। यसअघि आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको थियो। हाल नेपाल २४ अंकसहित लिग–२ को अंकतालिकामा पाँचौँ स्थानमा छ।

यता नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ। टोली पनि शृंखलामा विजयी सुरुआत गर्ने लक्ष्यमा छ।

यस खेलका लागि नेपालले टोलीमा एक परिवर्तन गरेको छ। पहिलो खेल खेलेका नन्दन यादवको स्थानमा स्पिनर ललित राजवंशीलाई अवसर दिइएको छ।