कस्तो छ आजको मौसम ?

काठमाडौंः  आज देशका अधिकांश स्थानको मौसम बदली भएको छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई र उपत्यकामा हुस्सु र कुहिरो लागेको छ ।

त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको छ । साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज तराईका केही भू–भागहरूमा हुस्सु रकुहिरो लाग्ने भएकाले दैनिक जनजीवनका साथै सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित रहन आवश्यक पर्ने उपायहरू तथा सतर्कता अपनाउन समेत महाशाखाको अनुरोध छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।