चिकित्सा शिक्षाको पीजीमा २ सय ३१ सिट थप, कहाँ कति ?

काठमाडौंः चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर (पीजी) तहको सरकारी स्वामित्व रहेका प्रतिष्ठान तथा कलेजहरुमा विभिन्न विषयमा २३१ थप सिट संख्या थपिएको छ ।

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको १७ औं बैठले विभिन्न विषयमा २३१ थप सिट संख्या थप्ने निर्णय गरेको हो ।

आयोगको १७ औँ बैठकले १४ वटा संस्थामा सिट संख्या थप गर्ने र चार वटामा घटाउने निर्णय गरेको छ ।

यो वर्ष सबैभन्दा धेरै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सिट संख्या थप भएको छ । न्याम्समा यो वर्ष पीजीमा ११८ सिट थप भएको हो ।

थप भएको सिटसहित न्याम्समा पीजीका सबै विषयको सिट संख्या २५० पुगेको छ ।

कहाँ कति सिट ?

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० सिट थप, योसंगै सिट सख्या २०४ 
  • हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सिट थप्ने निर्णय
  •  नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानामा २४ सिट संख्या थप 
  • कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ सिट थप
  •  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ सिट थप 
  • स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेसले ८ सिट थप, यो वर्ष साइन्सेसले ५० पीजी सिट पायो 
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ सिट थप, योसंगै पीजी  सिट संख्या ७९ 
  • पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेसमा भने पीजीको ९ सिट घट्यो, गत वर्ष साइन्सेसले २० सिट पाएको थियो  
  • यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पसको ७ सिट घट्यो, गत वर्ष १२३ सिट पाएको थियो ।