कछुवाले नाच्दै नक्सा बनाउँने

के तपाईलाई थाहाँ छ, कछुवाहरुले पृथ्वीको चुम्बकीय क्षेत्र प्रयोग गरेर नक्शांकरण गर्दछन् भनेर ।

समुन्द्री कछुवाले लामो यात्रा गर्ने गर्दछ । जसका लागि कछुवाले नाच्दै पृथ्वीको चुम्बकीय क्षेत्र प्रयोग गरेर आफ्नो मनपर्ने स्थानलाई पहिचान गर्नका लागि नक्शांकरण गर्ने गर्दछ ।

यसका लागि कछुवाले पृथ्वीको उत्तरी भेगदेखि दक्षिणी धु्रवसम्म फैलिएको चुम्बकीय क्षेत्रको रेखालाई प्रयोग गर्ने गर्दछ । नेचर जर्नलको अध्ययनका अनुुसार कछुवाहरुले चुम्बकीय क्षेत्रको प्रयोग उनीहरूले आफू कहाँ छन् भनेर थाहाँ पाउँने गर्दछन् । द युनिभरसिटी अफ नर्थ क्यारोलिनाका अनुसार  समुद्री कछुवाहरुले टाढा टाढा खाना खोज्न जानका लागि पनि चुम्बीय क्षेत्र प्रयोग गर्ने गर्दछन् ।

नेचर जर्नलको  अध्ययनका क्रममा वैज्ञानिकहरूले उत्तरी अमेरिकी तटीय क्षेत्रमा रहेको चुम्बकीय क्षेत्रलाई परिवर्तन गरिदिए । कछुवाले चुम्बकीय क्षेत्र फेला पारे मात्र खाना फेला पार्थे । जब उनीहरूले खाना फेला पर्ने पत्ता लगाउँथे, उनीहरूले आफ्नो प्वाँख फैलाउँथे र उनीहरूले आफ्नो गोडा थपथपाउँथे। उनीहरूले पानीमा मुख खोलेर गोलोगोलो चिह्न छाड्थे। शोधकर्ताहरूले कछुवाको यो व्यवहारलाई रेकर्डिङ गरेका छन् । जसलाई ‘कछुवा नाच’ नामकरण पनि गरिदिएका छन् ।

कछुवा कुनै विशेष भौगोलिक क्षेत्रको चुम्बकीय क्षेत्रलाई मात्र जान्दथे। चार महिनापछि पनि यो परीक्षण दोहो¥याउँदा तिनलाई कहाँ नाच्नुपर्छ भन्ने थाहा भएको पत्ता वैज्ञानिकहरूले लगाएका थिए। उसो जनावरहरूले त्यस्तो जानकारी कसरी पाउँछन् भन्ने बारे अहिले अध्ययन हुन बाँकी छ । तर वैज्ञानिकहरूले त्यसको सिद्धान्त भने बनाइसकेका छन् ।

कछुवाले मात्र नएर लामे यात्रा गर्ने अन्य जीवजन्तु तथा चराचुरुङ्गीहरुले समेत चुम्बकीय क्षेत्रमा आधारित नक्शा प्रयोग गर्ने गरेको वैज्ञानिकहरुले विश्वास गर्ने गरेका छन् । चराहरूले आफ्नो गुँणमा पुग्न वा शिकारका लागि चुम्बकीय क्षेत्रमा आधारित नक्शा प्रयोग गर्ने वैज्ञानिकहरुले विश्वास व्यतm गरेका छन् ।