सन्तोषी महत मृत्यु प्रकरण इन्स्पेक्टर जोशी पक्राउ

काठमाडौंः सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु घटनामा सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

आत्महत्या दुरुत्साहन मुद्दा दायर भएपछि जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ परेका इन्स्पेक्टर २३ नम्बर गण तनहुँमा कार्यरत छन् । मृतक सन्तोषीका परिवारले सोमबार जोशीविरुद्ध उजुरी दिएका थिए ।

गत शनिबार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।