‘मदन पुरस्कार–२०८१’ का लागी आवेदन खुल्ला

कठमाडौं: मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको छ ।

बिहीबार एक सुचना जारी गर्दै गुठीले २०८१ साल (१५ अप्रिल २०२४ देखि १४ अप्रिल २०२५ )भित्र प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो ।

गुठीले उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकलाई आफ्नो पुस्तकका चार प्रतिसहित १५ वैशाख २०८२ भित्र मदन पुरस्कारका लागि आवेदन दिन आवाहान गरेको छ ।