केपी ओली कप फुटबलको लागि बुफोन आइतबार नेपाल आईपुग्न्रे

काठमाडौं: विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आइतबार नेपाल आइपुग्ने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेष्टको रुपमा बुफोन नेपाल आउन लागेका हुन् ।

उनी आइतबार नेपाल आइपुग्ने राष्ट्रिय युवा संघले जानकारी  दिएको छ । केपी ओली कपको फाइनल आउदो सोमबार दशरथ रंगशालमा हुनेछ । उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् ।

बुफोनले आफु केपी ओली कपको फाइनल खेलमा उपस्थित हुने भन्दै भिडियो सन्देश पठाएका छन् । उनले भिडियोमा नेपाली भाषामै सम्बोधन गरेर आफू नेपाल आउने जानकरी गराएका थिए ।