काठमाडौँः अस्ट्रेलियामा अत्यधिक गर्मी बढ्न थालेसँगै जनजीवनमा प्रत्यक्ष असर परेको छ ।
सहरी क्षेत्रहरूका स्थानीयले अत्यधिक गर्मीको सामना गरिरहेका छन् । जलवायु परिषदद्धारा प्रकाशन गरिएको अस्ट्रेलियाको तापक्रम तथ्यांकअनुसार लगभग एक तिहाइ अस्ट्रेलियाली समुदायहरूले प्रत्येक वर्ष ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम अनुभव गर्ने दिनहरूको सङ्ख्या २०५० सम्ममा दोब्बर हुनसक्नेछ ।
मानिसहरूको स्वास्थ्य, जीविकोपार्जन र अर्थतन्त्रलाई हानि पु¥याउने अत्यधिक गर्मी जलवायु प्रदूषणको सबैभन्दा प्रत्यक्ष परिणामहरू मध्ये एक हो । यो सबैभन्दा हानिकारक मध्ये एक पनि हो ।
१८९० पछि बाढी, आगलागी र अन्य सबै जलवायु–इन्धन प्रकोपहरू भन्दा बढी अस्ट्रेलियालीहरू गर्मीको लहरको परिणामस्वरूप मृत्यु वरण गरिरहेको बताइएको छ ।
शताब्दीको मध्यसम्ममा लगभग ४० लाख जनसंख्या भएको पश्चिमी सिड्नीका बासिन्दाहरूले ३५ डिग्री सेल्सियसभन्दा दोब्बर दिनहरू बढी तापक्रममा बिताउनेछन् ।














