काठमाडौं: काठमाडौं महनागरपालिकाले सवारी प्रदूषण परीक्षण क्रममा फेल भएका सवारीसाधनलाई जरिबाना तिराएको छ ।
महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त टोलीले आइतबार टेकु चोकमा प्रदूषण जाँच गर्ने क्रममा फेल भएका सवारीलाई जरिवाना तिराइएको हो ।
आइतबार ४० सवारीसाधन जाँच गर्दा २२ फेल भएका थिए भने १८ ठिक अवस्था मा भेटिएका थिए।
महानगर प्रहरीका अनुसार प्रदूषण परीक्षण फेल भएका सवारीसाधनलाई ५ सय रुपैयाँका दरले जरिबाना गरिएको हो ।



















