काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा जिम्मेवारीमा फर्किएका छ्न् । आफ्नो निजी कामका लागि भन्दै जिम्मेवारीबाट बिदा लिएका झाले सोमबारबाट पुनः जिम्मेवारी लिएका हुन् ।
झा ले आफु केही सप्ताहको अध्ययन बिदापश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु बताएका छन् ।
उनले बिदा लिएपछि गत ३ माघदेखि ३० गतेसम्मका लागि पार्टी प्रवक्ताको जिम्मेवारी सह–प्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।


















