कम्पनी खारेजी गर्दा जरिवाना छुट, कम्पनी दर्ता सहज तरिकाले गर्न सक्ने व्यवस्था ।

जरिवाना छुट

काठमाडौंः  सरकारले कम्पनी दर्ता, सञ्चालन मात्र नभई कारोबार नै गर्न नसक्ने कम्पनीको खारेजीको व्यवस्थालाई पनि सरल बनाएको छ । मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् आवश्यक कानुन संशोधन गर्दै कम्पनी खारेजीको झन्झट हटाएको हो । यसअघि कम्पनी खारेज गर्दा जरिवाना तिर्नुपर्ने व्यवस्था थियो ।सरकारले अध्यादेशमार्फत् अब कारोबार बन्द हुन चाहने कम्पनी खारेजी गर्दा तिर्नुपर्ने जरिवाना छुट दिने कानुनी व्यवस्था गरेको छ । अध्यादेशमा कम्पनी दर्ता सहज तरिकाले गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।


Invalid PDF File