काठमाडौं: पत्रकारको संसद प्रवेश पास निलम्बनको को विरोध संसद्मै भएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रवेश पास निलम्बनको कारण खोज्दै विरोध गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रश्न सोधेकै कारण पत्रकारको पास संसद सचिवालयले निलम्बन गर्नु उचित नभएको बताए । उनले पत्रकारले तपाईं हिटलर हो भनेर प्रश्न सोधेको आधारमा पत्रकारको पास संघीय संसदले निलम्बन गर्नुको कुनै तुक नभएको समेत धारणा व्यक्त गरे ।
साथै उनले सरकार पनि हिटलरकै बाटोमा हिड्न खोजेको आरोप समेत लगाए । उनी भने-‘अहिलेको सरकार पनि त्यही गर्दैछ खुलामञ्चमा फुटबल म्याचमा प्रधानमन्त्री को विरोध गर्दा कि मान्छे कुटिन्छ कि जेल हालिन्छ अब मेरो पनि प्रश्न– के प्रधानमन्त्रीज्यू तपाईं हिटलर बन्दै हो ?’
यसैगरी रास्वपाकै सांसद शिव नेपालीले लोकतन्त्रको आधारभूत मान्यता वाक स्वतन्त्रता नै रहेको बताए । साथै उनले लोकतान्त्रिक सरकारलाई लोकतन्त्र मन नपरेको आभास गराएको बताए । उनले भने- ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्दा दुई पत्रकारको प्रवेश पास खारेज गरिन्छ । किनकी उहाँलाई प्रश्न मन पर्दैन ।’
यसैगरी रास्वपाका सांसद हरि ढकालले पत्रकारको पास निलम्बने गर्ने निर्णय फिर्ता लिन आग्रह गरे । उनले आजै ती पत्रकारहरूको पास फिर्ता गर्न आग्रह समेत ।
संघीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर पत्रकाद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो ।


















