काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त उनका परिवारजन, आफन्त, प्रती समवेदना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीले लेखेका छ्न् – ‘‘लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो , उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम,मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्छ,’’।
साहित्यकार क्षेत्रीको ९२ वर्षको उमेरमा गएराती निधन भएको थियो ।



















