काठमाडौंः प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पत्रकार सम्मेलन गर्दै पार्टीले शुक्रबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न आन्दोलन थालिएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।
रोजगारी र सुशासनका लागि आन्दोलन भनेको नेकपा एसले देशको समस्या समाधान गर्नको लागि पार्टीले आन्दोलन शुरु गरेको उनले बताए ।
यस्तो छ आन्दोलनको कार्यक्रम ः
–चैत्र १ गते पत्रकार सम्मेलन
–चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल
–चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका सङ्घ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव सङ्कलन
–चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने
–चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्वाद तथा सुझाव सङ्कलन
–बैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने
–बैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव सङ्कलन
–बैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने
–बैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने ।


















